अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Kamal-Thapa

धर्म परिर्वतनबारे छानविन आयोग बनाउन राप्रपा नेपालको माग

काठमाडौँ ३१ साउन

धर्म परिवर्तनबारे छानबिन गर्न राप्रपा नेपालले आयोग गठन गर्न माग गरेको छ।

विभिन्न प्रलोभनमा पारेर मुलुकमा भइरहेको धर्म परिर्वतनलाई रोक्न राप्रपा नेपालको केन्द्रीय कार्यसममितिको बैठकले रोक्न र छानविन आयोग बनाउन माग गरेको हो।

तीनदिनसम्म चलेको बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालले गोरखामा गौ हत्या भएको भन्दै खेद प्रकट गरेको छ। साथै अब बन्ने संविधानमा आफ्नो एजेण्डाहरु सम्बोधन गर्न दबावमुलक कार्यक्रम गर्ने निर्णय पनि गरेको राप्रपा नेपालले जनाएको छ।

साथै आगामी माघभित्र अधिवेशन गर्ने गरी विद्यार्थी, युवा, महिला मोर्चा विघटन गरेको छ।

साथै नयाँ शक्तिका रुपमा आपूलाई स्थापित गर्नका लागि असन्तुष्टिहरुलाई पार्टीको सम्वद्ध निकायमा राख्न पनि राप्रपा नेपालले आहृवान गरेको छ।