अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Dhanraj Gurung--leader Nepali congress

संघियताको रडाको यसरी टुंगिन सक्छ : धनराज गुरुङ

११ पौष २०७३

संघियताको बिषय संबिधान जारीपछी पनि समाधान हुन् सकेको छैन | बरु, संघियताबारे अहिलेपनि फरक-फरक कोणहरुबाट धारणाहरु आइरहेका छन् | संघियताबारे फरक धारणा सार्वजनिक भइरहेकाले अब संघियता के होला भन्ने जस्ता प्रश्न स्वाभाविक रुपमा उठ्न पुगेको छ |
संघियता वास्तबमा जटिल बिषय हो | यसलाई प्रयोग गर्न जानिएन भने यो खुर्पाको बिड पनि भईदिन्छ | कतिपय मुलुकले संघीयतालाई बुझ्न नसक्दा यस्तै भएको छ | मैले बुझेअनुसार, प्रयोग गर्न नजान्दा विस्वका चारवटा मुलुक संघियताबाट पुन: पछाडी फर्किएर एकात्मक प्रणालीमै फर्किएका छन् |

‘होल्डीङ्ग टुगेदर प्रोमिसीङ्ग’ गर्न हामीले संघियता खोजेका हौँ | संघियता जाति, समुदाय, क्षेत्र अनि वर्गमा सद्भावना खलबलाउन होइन, यो त सबैलाई एक ठाउँमा बाध्न, एकताबद्ध गर्न ल्याइएको हो | तर, बिडम्बना यहाँ संघियताबारे गलत बुझाइ बनाइयो | संघियतालाई जात/जातको हो भन्ने भान पार्दै पहाडी मधेशी समेत संगै बस्न हुदैन, छुट्टिएर बस्नुपर्छ भन्ने भान पारियो | वास्तवमा संघीयतालाई गलत अर्थ लगाइएकोले यो अहिले आएर घाँडो जस्तै बन्न पुगेको हो | वास्तवमा संघियता यस्तो हुदैं हुदैन |

संघियतामा देश गईसकेकोले अब यसबाट पछाडी फर्कने भन्दा पनि यसलाई व्यवस्थित गर्नुपर्छ | उचित रुपमा अवलम्वन गरेर यसबाट लाभ लिने दिशा तिर हामि हिड्नु पर्छ | मधेशी पहाडी भनेर केहि नेता छुट्टयाउन खोज्दै छन्, यस्तो कसैले पनि गर्नु हुदैन | हामी सबै आफ्नो स्वार्थ बाट माथि उठेर हामि सबैले सोच्ने हो भने संघियताको रडाको टुंगिन्छ |

वास्तवमा भन्ने हो भने संघियता सिमांकन गर्दा हामि कहिँ न कहिँ चुकेका छौं | संबिधान भित्र कस्तो संघियता बनाउने भनेर छलफल चल्दा ५ विकास क्षेत्रलाई नै ५ प्रदेशमा रुपान्तरण गरेर संघियतामा जाउँ भन्ने म नै हुँ | मैले यस्तो भन्दा म माथि यथास्थितिवादी, पुरातनवादीको आरोप आउने निश्चित थियो | त्यसैले मैले भनेको थिएँ ‘कसैले मेरो यो प्रस्तावलाई पुरातन भन्छ भने आजैको दिनदेखि सिंहदरबार डोजर लगाएर भत्काउन पर्छ | किनभने पुरानो सोच राख्ने राणाले बनाएको सिंहदरबारमा पनि त अब मन्त्रालय राख्न भएन |’

संघियताको नाममा हामीले एकताको भावनालाइ टुक्र्याउन हुदैन, बरु जोड्नु पर्छ | सबैलाई एकताबद्ध गर्नकै लागि हामि संघियतामा गएका हौँ | त्यसैले हिमाल, पहाड र तराई एक ठाउँमा बसेर अघि बढ्ने भावना सबैले राखौं | यसो भएमा अहिले देखिएका समस्या समाधान हुन्छन् |