अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
os

स्वास्थ्यकर्मीलाई बिदामा बस्न रोक

जाजरकोट ५ भदौ

जिल्लाभरि भाइरल ज्वरो र पखालाको प्रकोप देखिएका कारण जिल्ला अस्पतालले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा बस्न नदिने निर्णय गरेको छ ।

जतिबेला पनि जुनसुकै ठाउँमा समस्या आउने भएका कारण अस्पतालले सबै स्वास्थ्यकर्मीलाई बिदामा बस्न नदिएर उच्च सतर्कतामा रहेको चिकित्सक विसीले बताए ।

जिल्लाका ३५ ठाउँमा रहेका स्वास्थ्य संस्थामा अहिले उच्च सतर्कता पूर्ण तरिकाले स्वास्थ्यकर्मी तथा औषधि राखिएको छ । ४० प्रकारका औषधि स्वास्थ्य

संस्थामा निःशुल्क पाइने भए पनि सो भन्दा बढी सेवा दिने उद्देश्यले अहिले अस्पतालबाट ज्येष्ठ नागरिकलाई थप सेवा दिने गरिएको छ ।

जिल्लाका सबै स्वास्थ्यकर्मीलाई बिदामा नबस्न जिल्ला अस्पतालले चिठी काटिसकेको छ ।