अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
air pollution in India

भारतमा वायु प्रदूषण डरलाग्दो, बर्सेनी पाँच लाखको मृत्यु

माघ,७,शुक्रबार

वायु प्रदूषणका कारण भारतभरि बर्सेनी पाँच लाख मानिसको मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययन प्रतिवेदनले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

यसैगरी, वायु प्रदूषणका कारण भारतको नयाँ दिल्ली र मुम्बईमा मात्र एक वर्षमा ८० हजारभन्दा बढीको असामयिक मृत्यु भएको छ।

सन् २०१५ मा वायु प्रदूषणबाट दिल्ली र मुम्बईमा गरी ३० वर्षमाथिका ८० हजार ६ सय ६५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो। यो मृत्युदर सन् १९९५ को तुलनामा दोब्बर भएको इन्स्टिच्युट अफ टेक्नोलोजी मम्बईले गरेको अध्ययनमा उल्लेख छ।

बायु प्रदूषणका कारण भारतले ठूलो आर्थिक मूल्य समेत चुकाउनु परेको सो अध्ययनमा उल्लेख छ। अध्ययन अनुसार नयाँ दिल्ली र मुम्बईमा ७० हजार करोड रकम खर्च भएको छ, जुन खर्च कुल ग्राहस्थ उत्पादनको ० दशमबल ७१ प्रतिशत हो।

प्रदूषणले मानव स्वास्थ्यसँगै र अन्न उत्पादनमा समेत ठूलो असर गरेको छ। हरेक दशकमा श्वाशप्रश्वासका बिरामीको वृद्धि उल्लेख्य रुपमा भइरहेको अध्ययनले देखाएको छ।

अध्ययन अनुसार नयाँ दिल्लीमा बढ्दो जनसंख्यासँगै सबारी साधानको चाप, निर्माण सामाग्रीको धुलो र औधोगिक क्रियाकलापका कारण श्वासप्रश्वासजन्य रोगका कारण असामयिक मृत्यु हुनेको दर तीव्र रुपमा बढेको छ। वायु प्रदूषणका कारण नयाँ दिल्लीमा सन् १९९५ मा १९ हजार ७ सय १६ जनाको मृत्यु भएकोमा सन् २०१५ मा साढे ४८ हजार नाघेको हो। त्यस्तै, मुम्बईमा यो तथ्यांक सन् १९९५ मा १९ हजार दुई सय ९१ थियो भने सन् २०१५ मा ३२ हजार नाघेको छ।

वायु प्रदूषणका कारण दुई करोड ३० लाख मानिस घरबाहिर निस्फक्री हिँडडुल गर्न नसकेको अध्ययनमा उल्लेख छ।एजेन्सी