अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
ganga_dunga

गंगा नदीमा डुंगा दुर्घटना, २५ जनाको ज्यान गयो

माघ,२, आइतबार

भारतको बिहार राज्यस्थित गंगा नदीमा भएको डुंगा दुर्घटनामा परि २५ जनाको मृत्यु भएको छ । शनिबार भएको डुङ्गा दुर्घटनामा आइतबार विहानसम्म मृत्यु हुनेको संख्या २५ पुगेको भारतीय संचारमाध्यमले जानकारी दिएको छ |

अझै पनि केही यात्रु हराइरहेको आशङ्कामा खोजी कार्य जारी राखेको भिहारका प्रहरीले जनाएका छन् |

बिहारको राजधानी पटना नजिकै काठको सामान्य डुङ्गामा करिव ४० जना यात्रा गरिहेको अवस्थामा अत्याधिक भारका कारण डुङ्गा दुर्घटनाग्रस्त भएको थियो ।

सबै यात्रु स्थानीय चङगा पर्व हेरेर फर्किने क्रममा सो दुर्घटना हुँदा २१ जनाको शनिबार राति नै उद्धार गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

केही यात्रुले पौडी खेलेर ज्यान जोगाएको र केही अझै नदीमा हराइरहेका प्रहरीले बताएको छ ।
मुख्यमन्त्री नीतिशकुमारले दुर्घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । उक्त दुर्घटनामा मारिएका परिवारलाई चार चार लाख राहत दिने पनि जानकारी प्राप्त भएको छ |

यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई दुई- दुई लाख र घाइतेलाई ५० हजार राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।