अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
cricket-match

हिजो रोकिएको खेल आज हुदै

साउन,१६ काठमाडौँ

काठमाडौ, नेपाल र स्कटल्यान्डबीचको विश्व क्रिकेट लिग च्याम्पियनसिपको हिजोको खेल वर्षाले अवरुद्ध भएको थियो । स्कटल्यान्डको आयरमा बिहीबार टस हारेर ब्याटिङ गर्न आएको नेपाल ४९.१ ओभरमा १ सय ६७ रन बनाइ अलआउट भएको थियो ।

वर्षाका कारण ३ घन्टा रोकिएको खेल फेरि सुरु भएको थियो । त्यसपछि स्कटल्यान्डलाई डकवर्थ लुइस पद्धतिमा २२ ओभरमा १ सय १० रनको नया लक्ष्य दिइएको थियो । स्कटल्यान्डले १.४ ओभरमा १५ रन बनाउदा फेरि वर्षा भएपछि खेल अवरुद्ध भएको थियो । स्कटल्यान्डले शनिबार राखिएको रिजर्भ डेमा खेल जित्न २०.२ ओभरमा ९५ रन बनाउनुपर्नेछ ।

नेपालबाट शरद भेषावकरले ६६ बलको सामना गर्दै सर्वाधिक ३० रन बनाएका थिय भने | ओपनर अनिल मण्डल र महेश क्षेत्रीको जोडी लामो समयसम्म टिक्न सकेन । महेश क्षेत्री तेस्रो ओभरमा आउट भए। उनले तीन रन मात्र जोडेका थिए। यस्तै पहिलो खेलमा सतक प्रहार गरेका अनिल मण्डल दोस्रो विकेटको रूपमा ९ रनमा आउट भए।

यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल पनि सस्तैमा आउट भएका थिय । एलबिडब्ल्यूको धरापमा पर्नुअघि उनले २० बल खेल्दै २ चौकासहित १६ रन जोडे। यस्तै कप्तान पारस खड्का ११ बलमा १० रन बनाउँदै आउट भए। ३४ बल खेलेका प्रदिप ऐरीले १ चौका र १ छक्का सहित १६ रन बनाएर आउट भए। सोमपाल कामीले १३ बलको सामना गर्दै ७ रन बनाए। यस्तै पृथ्यु बाँस्कोटा ४२ बल खेल्दै १ चौका र १ छक्कासहित १६ रन बनाएर आउट भए। बसन्त रेग्मीले १९ रन बनाए। ४२ बलको सामना गरेका उनले १ चौका प्रहार गरेका थिए। शक्ति गौचनले ६ रन र अभिनाश कर्णले १७ रन बनाए।

स्कटल्यान्डबाट एलास्टडाइर इभान्सले ३ विकेट लिए । अघिल्लो हप्ता स्कटल्यान्डलाई विश्व ट्वान्टी–२० छनोटको उपाधि दिलाउँदा १४ विकेट लिएका इभान्सले १० ओभरमा १८ रनमात्र खर्चे ।

नेपाल बुधबार भएको पहिलो खेलमा ३ रनले पराजित भएको थियो ।