अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
DIG Nawaraj Silwal

डिआईजी सिलवालले अपनाए नेताको घर धाउने अभियान

७ चैत्र २०७३

काठमाडौं । अाईजीपी बन्नु पर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका डिआईजी नवराज सिलवालले पछिल्लो समयमा विभिन्न दलका नेताको घर धाउने अभियानलाई तिब्र पारेका छन् । ‘सर्वोच्च अदालतले मेरो पक्षमा फैसला सुनाउँछ । त्यसलाई तपाईंले मान्दिनु प-यो, भन्दै सिलवाल मेरो घरमा आउँनु भएको थियो,’ डिआइजी सिलवालको भनाई उदृत गर्दै काँग्रेसका एक नेताले भने,‘यो सुचना लिएर सबै दलको शिर्ष नेताको घरमा सिलवाल पुगेका छन् ।’ सिलवालले कांग्रेसका नेताहरुलाई पनि भेटेका छन् । भेटका क्रममा उनले आफ्नो पक्षमा सर्वोच्चले गर्ने निर्णयको विरोध नगर्न’ भन्दै अनुनय गर्दै आएका छन् ।

‘सिलवालले अहिले सबैभन्दा बढी माओवादीका नेताहरुलाई भेटेका छन् एमालेले त उनलाई सुरुमै च्यापेको थियो’ – काँग्रेसका ति नेताले बताए । यता सर्वोच्च अदालतको इतिहासमा षड्यन्त्रको गन्ध पाएपछि सरकारको तर्फबाट बहस गर्न पुगेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले बहस बहिस्कार गरेका छन् ।

प्रधानन्यायधीश नेतृत्वको पूर्ण इजलाश बहिस्कार गर्ने महान्यायाधीवक्ता श्रेष्ठले इजलाश मै यस्तो षडयन्त्रको चाल पाएका थिए । अन्तरिम आदेश दिँदा संलग्न न्यायाधीश अन्तिम सुनुवाइ गर्दा निष्पक्षतामा प्रश्न उठ्ने महान्यायाधिवक्ता श्रेष्ठ सहितका कानुन व्यवसायीहरुले जिकिर गरेका थिए ।

महान्याधिवक्ता श्रेष्ठले इजलाशप्रति असहमती जनाउँदै बहस गर्न नसकिने बताएका थिए । –‘यो सवै पुर्व निर्धारीत भएर बनेको बेञ्च हो,कुरा र बहस सुनेर गर्नका लागि वेञ्च बसेको होइन,यस्तोमा निश्पक्ष निर्णयको कसरी अपेक्षा गर्ने’- श्रेष्ठले भनेका थिए ।

डिआइजी जयबहादुर चन्दलाई आइजिपीमा बढुवा गर्ने सरकारको निर्णय रोक्नका लागि प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो नेतृत्वमा पूर्ण इजलाश गठन गरेकी थिइन् ।

उनको समितिमा यस अघि नै मेरिट भित्र पसेर फैसला सुनाउने न्यायाधीश हरिकृष्ण कार्की र सिलवालको पक्षमा फैसला गर्ने न्यायाधीश इश्वर खतिवडालाई समावेश गराएकी थिइन् । खतिवडाले सिलवालविरुद्ध पीडित गुनबहादुर थापाका छोरा सागर थापाले मिटरव्याज काण्ड लगायत अन्य लेनदेनको विषयमा हालेको रिट खारेज गरेकाले पनि पुर्ण इजलाशमा बस्दा निश्पक्ष निर्णय नहुने भन्दै चन्द पक्षका कानुन व्यवसायी बाहिरीएका थिए । –माई नेपाल न्युजबाट साभार