अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
alisan dsp

आलिशानमा डि.एस.पि. को बबाल

११ चैत्र २०७३

 कुरा मिती २०७३ चैत ८ गते मंगलवार राती १० बजे तिर को हो । सर्वोच्च अदालत नेपाल सरकारले मिती २०७३ फाल्गुन १ गते जय बहादुर चन्द्लाई प्रहरी महानिरिक्षक बनाउने निर्णय बदर गरेसगै केहि आफुलाई कथित पत्रकार भनेर चिनाउने तथा पुलिस भित्रका सिलवालका खास मान्छे भनेर बाहिर गफ दिदै हिंड्ने केहि ब्यक्ती हरुले बिजय उन्माद गरेको रमिलाले “गर्ने लाई भन्दा देख्ने लाई लाज” भन्ने उखानलाई चरिथार्त हुने गरी गरेको तमासा अहिले बजार भरी गरमगरम बनेको छ ।
कृष्णपाउरोटी चोक नजिक  ‘अलिशान’ नामक गजल रहेको छ । जहाँ डिआइजी सिल्वालको प्रब्क्तका रुपमा काम गर्दै आएका बिगतमा डेड बर्ष जेल सजाय पाएका तथाकथीत पत्रकार मदन बाबु भण्डारी उर्फ “मोटे”को समुह अर्थात सिलवाल आइजी बनाउनु पर्दैछ भन्दै तथाकथित समाचार बनाउने सामजिक सन्जाल्मा अनेकै कथा बुनेर सिल्वाललाई देवता र उनका बिरोद्दी हरुलाई दानब को रुपमा चितृत गर्ने रवी धामी ,रोशन खड्का, हरी आचार्य लगायतको समुहलाई सिलवालको मीटरब्याज्को हिसाब किताब राख्ने  ॠषी सुबेदी तथा सिआइबिमा कार्यरत रुगम कुंवर नामका ब्यक्तीको आदेशमा उक्त पार्टीको आयोजना गरेको थियो।
सो पार्टीमा पुलिस हेडक्वाटर कार्यरत र सिलवालको खास मित्र हूँ भन्ने डिएसपी आभुषण तिम्सिना, प्रेम लामा भन्ने (बिगतमा हाततियार केसमा परेका निज हनुमान ढोकामा कार्यरत रहदा नजिक भएका) ब्यक्ती संग पुगे ।
अनि उनको रौद्र रुप सुरु हुन पुग्यो । होहल्ला र हात हालाहालको स्थिती तब खडा भयो जब बिगतमा धेरै काण्डमा मुछिएका डि.एस.पि. आभुषण तिम्सिना रक्सिले चुर भएर वेटरलाई समेत गाली गरे पछी माहोल तात्न पुग्यो । उनले नशाको सुरमा के-के गरे भन्ने कुरा त्यहाँ बाट भागेर ज्यान बचाउन सफल बिशालनगर घर भएका एक ब्यक्तिले नाम नबताउने शर्तमा भनेको कुरा सुन्दा सबैले जिब्रो टोके । आभुषणको बबाल बढ्दै गएपछी आलिशानका साहुले पुलिसलाई फोन गरेपछी आएका सइ लाई आफु डि.एस.पि. हु भनेर थर्काएर पठाएका थिए । त्यो देखेर सर्बसाधरण पुलिसलाई चै कानुन नै लाग्दैन कि क्या हो भनेर अचम्म परेका थिए ।
alisan bhandari
सिलवाल आइजी भनेर बिजय उत्सव मनाउने उक्त समुहले जब अन्य मनिसहरुलाई पनि हातपात गर्न थाले त्यहाँ गजल सुन्न पुगेका सबै भागभाग को स्थिति आयो । त्यो समुह त्यति मै घर फर्केन, आभुषणका समकक्षी लइनचौर मा कार्यरत डीएस्पी सोमेन्द्र सिंह राठोरलाई निजले फोन गरेपछी त्यहाँ बाट ‘एबेजा’ नामक ठमेल को रेस्टरेन्टमा पुगे ।
त्यहाँ पनि डिएसपी आभूषणले आफ्नो रुप देखाइ भोली नै सिलवाल आइजी हुन्छन भनेर वरपर भएका मनिसलाई हात हाल्ने, महिलालाई समात्ने प्रायस गरेपछी त्यहाँ रहेका केटीहरुका साथीले प्रतिबाद गर्न थालेपछी भागभाग को स्थिती भयो । पछी डीएसपी राठोर लाई जानकारी भएपछी आफ्नो ईन्स्पेक्टर पठाइ अभुषण लगाएतको टोलीलाई घर तर्फ पठाएको त्यहाँ काम गर्ने कर्मचारीले बताए ।
यो भन्दा पहिले पनि दरबारमार्गको ‘टाईम्स स्क्वायर’ मा रहेको रेस्टुरेन्टमा नशाले मातेका आभुषणले महिला माथि हात हालेपछी उनका आफ्न्तले कुटपिट गरी प्रहरिलाई बुझाउन लाग्दा उनका समकक्षी डीएस्पी कृष्ण पल्लिले महिलाका आफ्न्तलाई अनेकौं अनुनय गरेर आभुषणलाई भगायका थिए । अहिले माउ बिनाको चल्लाको अवस्थाले प्रहरी संगठनमा यो अवस्था आएको आम जनताको बुझाइ छ । “जन’सवाल” राष्ट्रीय दैनिकबाट सम्पादित साभार