अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
vitamin D

उक्त रक्तचापबाट बच्न भिटामिन डी

माघ, १०, सोमबार

हालै भएको एक अध्यानले उक्त रक्तचाप र मानिसहरुले लिने भिटामिन डी बीच गहिरो सम्बन्ध रहेको निष्कर्ष निकालेको छ | यसलाई सौर्य भिटामिन डी पनि भन्ने गरिन्छ |

जुन शरीरमा प्रतिरक्षा प्रणाली, हाडहरुको विकास, दाँत, क्याल्सियम प्राप्ति गर्नका लागि एकदमै आवाश्यक छ |

युरोप र उत्तर अमेरिकामा गरी १ लाख ५५ हजार भन्दा बढी अध्ययनहरुको आधारमा अनुसन्धानकर्ताले यो नतिजा निकालेका हुन् | अध्ययनले उच्च मात्रामा भिटामिन डी भएका व्यक्तिहरुको रक्तचाप आवश्यक मात्रामा हुने पत्ता लगाएका थिए |

अध्ययनमा प्रत्यक १० प्रतिशत भिटामिन डी को मात्रालाई बढाउँदा उच्चरक्तचापको खतरा ८ प्रतिशतले घट्ने देखिएको थियो | डा. विमल करानी र उनको टिमले गरेको यस अध्ययनमा यो नतिजाले आफुहरुमा आत्मबल बढाएको जानकारी दिएका छन् |

यसको असर र कारणहरुको बारेमा उनीहरुले पत्तालगाएको निष्कर्ष ठिक रहेको उनले बताएका छन् | डा. करानी लण्डन विश्वविध्यालयको बाल स्वास्थ्य इन्स्टिच्युटसँग सम्बन्धित छन् |