अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
IPHONE Pistole 1

आईफोन कि पेस्तोल छुट्याउन पुलिसलाई नै तनाव भयो

पुस, २९, शुक्रबार

डबल ब्यारल भएको एउटा पेस्तोल अघिल्लो सातादेखि बजारमा आउँदैछ । आईफोन जस्तै दुरुस्त देखिने यो पेस्तोलका कारण युरोपको पुलिस हैरानीमा परेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरुले एक पटक अमेरिकामा यसको बिक्री शुरू हुने बित्तिकै सजिलै युरोपमा तस्करी हुने चिन्ता लिएका छन् ।

पेस्तोलको आकार ९ मिलीमीटरको रहेको छ र यसलाई सजिलै लुकाउन सकिन्छ । आईफोन जस्तै देखिने यो पेस्तोल एक बटन दबाउने बित्तिकै हतियारको आकारमा बद्लिन्छ ।

इभनिङ्ग स्टान्डर्ड नामको समाचारपत्रले यो पेस्तो अमेरिकामा लन्च हुनेबित्तिकै अपराधिक समूहले यसलाई युरोपमा ल्याउने कोशिस गर्ने भएकाले पुलिसको हैरानी बढेको ।

पेस्तोलको मूल्य ५२ हजार नेपाली रुपैयाँ रहेको छ । अर्थात, यो पेस्तोल बजारमा आईफोन भन्दा पनि आधा मूल्यमा किन्न सकिनेछ ।

समाचारमा जनाइए अनुसार अमेरिकामा अर्को साता लन्च हुने भएपछि यसको सबैभन्दा ठूलो डर बेल्जिमयलाई रहेको छ। यसअघि भएका आतङ्कवादी हमलाबाट चिन्तित भएको बेल्जियमले यस पेस्तोलबारेमा सुरक्षा नोटिस नै निकालेको छ ।

बेल्जियन पुलिसको एक सूचनामा भनिएको छ, ‘यसलाई आईफोन भन्दा अलग्गै आकारमा सजिलै पहिचान गर्न कठिन रहेको छ।’

पेस्तोल बनाउने कम्पनीका अनुसार स्मार्टफोन आईफोन जस्तै यसलाई पनि त्यही आकारमा देख्न सकिनेछ । जब यो लक हुन्छ तब यसलाई डिटेक्ट गर्न मुस्किल हुनेछ । पेस्तोलको बिक्री अमेरिकामा अघिल्लो साताबाट सुरु हुँदैछ ।

कारोबार दैनिक बाट साभार गरिएको