अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Facebook fake profile

फेसबुकमा नक्कली एकाउन्ट बनाउन नमिल्ने

१८ चैत्र २०७२

फेसबूकले एउटा नया फिचर ल्याउने भएको छ | यस फिचरमा अब कुनै पनि फेसबूक प्रयोग कर्ताले अर्को व्यतिले नक्कली फेसबूक एकाउन्ट बनाउन सक्ने छैन |

महिला उत्पीडन रोक्न यो फिचर ल्याउन लागिएको फेसबूकले जनाएको छ| यस फिचर अनुसार कुनै व्यक्तिको फोटो प्रयोग गरेर नक्कली फेसबूक अकाउन्ट बनाउन खोजेमा फोटो प्रयोग गरिएको व्यक्तिलाई जानकारी हुनेछ र कसैले तपाइको नक्कली फेसबूक अकाउन्ट बनाउदै छ भने फसबूकले नोटिफिकेसन पनि पठाउने छ| कुनै पनि प्रयोग कर्ताको प्रोफाइल फोटो राखेर नक्कली एकाउन्ट बनाउन लागिएमा उक्त प्रोफाइल लाई केहि प्रस्न घेरा भित्र राखिने छ |

प्रयोग कर्ताले दिएको जानकारी सहि लागेमा मात्र एकाउन्ट बन्नेछ| फसबुकको यो नोटिफिकेसन प्रोसेस अटोमेटिक हुनेछ| फसबूकले यस फिचर लाई केहि समय अगाडि परिक्षण गरेको थियो | छिटै यो फिचर विश्वब्यापी रुपमा लागु हुने फसबूकले जनाएको छ|