अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
gaui-malla-cbn

निर्देशक बन्दै गौरी मल्ल

माघ,११, मंगलबार

अभिनेत्री गौरी मल्लले चलचित्र निर्देशन गर्ने भएकी छन् | पछिल्लो समय नायिकाहरु चलचित्र निर्देशन गर्न हौसिएसँगै पनि यसमा सामिल हुन् लागेकी हुन् |

केही दिन अगाडि आफ्नो जन्मदिनको अवसर पारेर गौरीले चलचित्र निर्देशन गर्ने निर्णय गरेकी हुन् | उनले चलचित्रको कथावस्तु तयार भैसकेको र नयाँ अनुहारको खोजीमासमेत भइरहेको बताएकी छन् |

गौरिका अनुसार कलाकारका लागि चाडै अडिसन लिइनेछ | आधिकारिक घोषणा नभए पनि चाडै औपचारिक रुपमा यसको घोषणा गर्ने उनको भनाई छ | उनी नयाँ वर्ष लागेसँगै चलचित्र निर्देशनमा लाग्ने भएकी छन् |