अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
google chrome new

गुगोलले ल्यायो नयाँ अपडेट वर्जन ४५ (भिडियो सहित)

भदौ,१८,काठमाडौँ

गुगलले आफ्नो क्रोम ब्राउजरमा नयाँ अपडेट वर्जन ४५ लागु गरेको छ | यस्तो खालको ब्राउजर अपडेटले ब्राउजरको काम गर्ने क्षमता अझै बढी हुने गुगलले दाबि गरेको छ | यो वर्जन कप्यूटरको रयाम र सिपियु निकै नै न्यून मात्रामा प्रयोग गर्ने अनुमान गुगलले गरेको छ |

गुगल क्रोम्ले नयाँ अपडेटमा केहि नयाँ परिवर्तन भित्रयाएको छ | जस्तै यदि तपाइहरुले क्रोम बन्द गरि त्यसलाई दोस्रो पटक खोल्न लाग्नुभयो भने त्यहाँ तपाईहरुलाई पहिला खुलेको ट्याब खोल्ने एउटा अप्सन पनि दिने गर्छ जसले गर्दा तपाईलाई पहिला गरेको काम फेरी पनि गर्नको लागि सजिलो हुनेछ |

यस्तो प्रकारको नयाँ अपडेटमा रहेको खास कुरा के हो भन्दा तपाइले क्रोमका कुनै ट्याबको कम प्रयोग गर्नुहुन्छ र त्यस ट्याबलाई धेरै समयसम्म प्रयोग नगरिकन बस्नुभयो भने गुगोल क्रोमले मेमोरी प्रयोगको आफैले कम गरिदिन्छ जसले गर्दा तपाइको कम्पुटर स्लो हुदैन |

यसैगरी यस्तो प्रकारको अपडेटमा यस्तो किसिमको बिशेषता पनि जोडेको छ कि जसले गुगल क्रोम ब्राउजर तपाइको कम्पुटर अथवा मोबाइलको मेमोरी लो (low) हुदा साथ उसले आफैले धेरै प्रोसेसको आफैले बन्द गरिदिन्छ जसले गर्दा तपाइको कम्पुटरको रयाम अर्थात मेमोरीको खपत हुने गर्दछ |

गुगलेले आफ्नो बल्ल्ग मा एउटा भिडियो पनि राखेको छ |