अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
ronaldo and messi together in a program

कति कमाउछन् रोनाल्डो र मेसी ?

२५ बैसाख २०७३

पोर्चुगिज तथा रियल मड्रडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाइ गर्ने फुटबलर हुन् | रोनाल्डोले गत बर्ष आठ करोड डलर आम्दानी गरेका थिए | उनि प्रतिसाता सर्वाधिक कमाइ गर्ने खेलाडीमा पनि अगाडी नै छन् | रोनाल्डोले रियलबाट प्रतिसाता दुई लाख ८८ हजार पाउण्ड थाप्छन् | रोनाल्डो विश्वचर्चित ब्रान्ड नाइक, कोकाकोला, क्यास्ट्रोल, मोटोरोला र केएफसी संग आवद्द छन् |

रोनाल्डोलाई पछ्याईरहेका छन्, पाँचौ पटक फिफा वर्ष खेलाडी घोषित भएका एक मात्र फुटबलर लियोनल मेसीले | गत बर्ष उनले ६ करोड ४७ लाख डलर कमाए | ११ बर्षको उमेरमै बार्सिलोनाको एकेडमीमा आवद्द भएका मेसीले प्रतिसाता दुई लाख ७५ हजार पाउण्ड खान्छन | उनि एडिडास, पेप्सी, ईए स्पोर्ट्स र जिलेटसंग आबद्द छन् |