अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
onlinesuchana

सिलवालको दानापानीमा सम्मानित सर्वोच्च अदालतलाई प्रभावित गर्ने प्रयास

चैत्र ०२ , २०७३

विवादास्पद डि.आ.इ.जी. नवराज सिलवाललाई पहिले देखि नै थाहा थियो आफु भन्दा काविल प्रहरी अधिकृत जय बहादुर चन्द नै हुन् र प्रहरी महानिरीक्षक पनि चन्द नै हुन सक्छन् भनेर ।

त्यही भएर सिलवालको पहिलो योजना बन्यो जय बहादुर चन्दका बिरुद्धमा मिडियावाजी गर्ने । यसको लागि उनले उपयुक्त पात्र छनौट गरे १२ जनालाई ठगेर ठगी मुद्दामा जेलको हावा खाइसकेका गुल्मीका मदन बाबु भण्डारी ।

सिलवालको उद्देश्य अनुसार उनको छनौट सही थियो किनकी पत्रकारिता विषय अध्ययन गरेर व्यावसायिक पत्रकारिता गर्नेले यस्तो स्तरहीन दलालीकारिता गर्न सक्दैनन् । त्यस्तै उनको अर्को छनौटमा परे अन्नपूर्णपोष्टा दैनिकले गैरव्यावसायिक काम गरेको भनी हटाएका रवि धामी र नयाँ पत्रिका दैनिकले निकालेका रोशन खड्का ।

त्यस पछि “सुशासन” नामको साप्तााहिक र अनलाइन पत्रिका मदन बाबु भण्डारीको लागि खोलियो भने रवि धामी र रोशन खड्का मुलधार नामको अनलाइनमा आबद्ध नै थिए । यी ३ जना मिलेर विगत ६/७ महिना देखि एउटा मात्रै व्यक्ति जय बहादुर चन्दको बिरुद्धमा पत्रकारिताको न्यूनतम आचार संहिताको पनि पालना नगरेर भ्रामक, कपोकल्पित, आधारहिन र प्रमाणहिन कथा लेख्दै आएका छन् । विगत ६/७ महिना देखि यिनीहरुको एउटै काम हुन थाल्यो नवराज सिलवालको योजना र पालनपोषणमा जय बहादुर चन्दको चरित्र हत्या गर्ने । कुनै पत्रिका वा मिडिया सधैं एउटा व्यक्तिको बिरुद्धमा मात्रै मनगणन्ते कहानी लेख्छ र अर्को व्यक्तिको गुणगानले भरिएको कहानी लेख्छ भने सचेत पाठक र सिंगो समाजलाई यो प्रयायोजित समाचार हो भनेर कुनै शंका हुदैन ।

लोकमान सिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुँदा पुर्ब प्रधान न्यायाधिस , वर्तमान प्रधान न्यायाधिस , प्रमुख राजनीतिक दलका नेताहरु, न्यायाधिसहरु, पत्रकारहरु, केही वकिलहरुको कल डिटेल, एस एम एस डिटेल, लोकेशन लगायतको निग्रानीका लागि डि.आ.इ.जी.नवराज सिलवालले आफु प्रमुख रहेको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीलाई आबश्यलक उपकरण सहित अख्तियार मै खटाएको कुरा कान्तिपुर दैनिकले कभर पेज मै समाचारहरु प्रकाशन गरेको थियो । “जो चोर उसैको ठूलो स्वर भने झैं” लोकमान सिंह कार्कीको इशारामा सम्माननीय प्रधान न्यायाधिस लगायत न्यायाधिसहरुको गतिबिधि माथि निग्रानी गर्ने सिलवालले सम्मानित सर्बोच्च अदालतमा विचराधिन मुद्दालाई प्रभावित पार्ने उद्देश्यधले जय बहादुर चन्दले सर्बोच्चमा निग्रानीको लागि आफ्नाद प्रहरी पठाएको भनी भ्रामक समाचार आफ्नै पालनपोषणमा रहेका तिनै ३ जना मदन बाबु भण्डारी, रवि धामी र रोशन खड्काहरुले प्रकाशन गरे ।

अख्तियार मै कार्यरत प्रहरी अधिकृतले आफ्नो नाम गोप्य राख्ने शर्तमा दिएको जानकारी अनुसार लोकमानलाई भेट्न जसले पनि समय लिनु पर्ने पद्धति लोकमानले बसालेको भए पनि केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत डि.आ.इ.जी. नवराज सिलवाललाई भने जतिबेला पनि भेट्न पाउने आदेश लोकमान सिंह कार्कीले गरेका थिए । त्यही भएर नवराल सिलवाल कहिले लोकमानको कार्यालयमा त कहिले अख्तियार परिसर भित्रै रहेको लोकमानको सरकारी क्वाटरमा लोकमानलाई भेट्न गइरहन्थे र घण्टौं बसेर फर्किन्थे ।

विवादास्पद डि.आइ.जी. नवराज सिलवालको बारेमा नेपाली जनताको प्रतिनिधिहरुको थलो संसदमा समेत आवाज उठेको छ । मिति २०७३ फाल्गुन २७ गते शुक्रबारको संसद बैठकमा खुम्बुवान राष्ट्रिय पार्टीका सांसद रामकुमार राईले संसद बैठकको बिशेष समयमा बोल्दै नवराज सिलवाल विवादास्पद प्रहरी अधिकृत भएको र सिलवालको बारेमा संसदको राज्यव्यवस्था समितिमा समेत उजुरी परेकोले छानबिन गरी कारवाही हुनुपर्ने माग गरे । सांसद राइले राज्यका अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले एक अर्काको काममा हस्तक्षेप गर्नु नपर्ने धारणा राख्दै यसरी सर्बोच्चले हरेक रिटमा अन्तरिम आदेश दिने हो भने भोलिका दिनमा खरिदार, सुब्बा लगायतका नियुक्ति र बढुवामा समेत उजुरी आइ केही काम पनि गर्न नसकिने अबस्था आउन सक्ने जिकिर गरे ।

यसरी जनप्रतिनिधिहरु बाट समेत सिलवालको बिरुद्धमा संसदमा समेत आवाज उठ्नु लोकतन्त्रिक शासन पद्धतिमा एउटा गम्भिर बिषय भएको चर्चा जनमानसमा चलेको छ । यसरी सिलवालले जति सुकै मिडियाबाजी गरे पनि सम्माननीय प्रधान न्यायधिस र अरु माननीय न्यायधिसहरु प्रभावित हुने अबस्था छैन किन की सबैलाई थाहा भएको कुरा हो लोकमान सिंह कार्कीको इशारामा प्रधान न्यायाधिस लगायतको निग्रानी गर्ने सिलवालको अस्लियत के छ भनेर । बिस्वस्त श्रोतका अनुसार सर्बोच्च अदालत र प्रधान न्यायाधिस निवास आसपासमा केही दिन अघि निग्रानी गर्नेहरु सिलवालले केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटाएको प्रहरी टोली थियो ।

त्यसको पोल खुल्ने डरले सिलवालले जय बहादुर चन्दले खटाएको भनेर मिडियाबाजी गराइ दिए । सबैलाई थाहा भएको कुरा हो सरकारले जय बहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेकै दिन सम्मानित सर्बोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशले जय बहादुर चन्दले पद बहाली गर्न पाएनन् र हाल उनी आफ्नो कार्यालय बाट हाजिर गरेर फर्किने गरेका छन् । यसरी कार्यालय मै नबस्ने ब्यक्ति कसरी प्रहरी परिचालन गरी कसैको जासुसी गर्न सक्छ ? चन्द सङ्गै जागिर खाएका र उनका हरेक आनीबानी सित परिचित हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत एकजना डि.आइ.जी. भन्छन् “ जय बहादुर बहिर्मुखी स्वभावका मान्छे हुन् । मनमा आएको कुरा भनी हाल्ने तर कसैको बिरुद्धमा जासुसी गर्ने र कसैको कुभलो चिताउने मान्छे हैनन् । फेरी आजभोलि त आध्यात्मिक तिर बढी ध्यान दिने गरेको सुनेको छु । कसैको जासुसी गरेको भनेर म पत्याउदैन ।“ नाम उल्लेख नगरिदनु होला भनेर ति डी.आइ.जी.ले अनुरोध गरे ।

आइ.जी.पी. मा बढुवा लागि मुख्य दावेदार ४ जना मध्ये जय बहादुर चन्द कार्यक्षेत्रमा सबै भन्दा बढी कमाण्डको अनुभव भएको र जस्तोसुकै चुनौती सङ्ग पनि जुध्न सक्ने व्यक्ति भएकोले वर्तमान सरकारले १ बर्ष भित्रै सम्पन्न गर्नु पर्ने ३ वटा निर्वाचन लगायतका चुनौतीको सामना गर्न सक्ने योग्य उम्मेदवार रहेको मुल्याङ्क गरेर जय बहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको कुरा बालुवाटार निकट श्रोतले जानकारी गरायो ।