अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
IS threatens Mark zuckerberg and Jack Dorsey

फेसबुक र ट्वीटरका सिईओलाई आइएसको धम्कि

१६ फाल्गुन २०७२

बेलायतको एक स्वतन्त्र पत्रिकाका अनुसार लोकप्रिय सामाजिक संजाल ट्वीटरले कम्पनीका सीइओलाई चरमपन्थी संगठन इल्स्लामिक इस्टेटबाट प्राप्त कथित भिडियोमार्फत दिएको धम्कि दैनिक जिन्दगीको एक भाग भएको प्रतिक्रिया दिएको छ |

समाचार एजेन्सीका अनुसार आइएसको एक कथित भिडियोमा सामाजिक संजाल फेसबुकका प्रमुख मार्क जुकर्बर्ग र ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीलाई धम्कि पूर्ण भाषाको प्रयोग गरिएको थियो | यदि आइएसका समर्थकको एकाउन्टस यसैगरी निशाना बनाउने कार्य जारी राखिएमा उनीहरुले गम्भीर परिणाम बेहोर्नु पर्ने जानकारी दिएको छ |

आइईएएनसका अनुसार एक वेबसाइट एनग्याजेटले आफ्नो रिपोर्टमा बताएको थियो | यो भिडियो आईएसको स्वघोषित साइबर सेना ‘संन्स खालिफा आर्मी’ ले अनलाइनमा पोस्ट गरेको थियो | समाचार संस्था पीटिआइका अनुसार आईएसको भिडियोमा उल्लेख छ , तपाईंहरु दैनिक सगर्व घोषणा गर्नुहुन्छ कि तपाईंहरुले हाम्रा धेरै अकाउन्ट्स रद्द गरिदिनुभएको छ | तर, हामि यतिमात्रै भन्न सक्छौं : तपाईं यस्तो गर्नुहुन्छ भने हाम्रो पक्षमा हुनुहुन्न भन्ने धम्कि दिएको बताइएको छ |

भिडियोमा गरिएको दावी अनुसार आइएसको ह्याकिंग समुहमा अझै पनि १० हजार फेसबुक अकाउन्ट्स, १५० फेसबुक गुर्प र पांच हजार ट्वीटर एकाउन्टस् छ | सामाजिक संजालमा चरमपन्थीको सहयोग गर्ने खालको ट्वीट गर्ने हरु माथि नियन्त्रणमा लिनको लागि ट्वीटरले केहि दिनअघिमात्र आइएस संग जोडिएका धम्कि तथा आतंकवादीको सहयोग गर्ने खालका करिव सवालाख एकाउन्टस् निलम्बन गरेको थियो |