अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
jharana thapa

झरनाको ‘ए मेरो हजुर २’ प्रदर्शनको तयारीमा

माघ,१०, सोमबार

घर्मसंकट चलचित्र निर्माणसँगै अभिनय खेत्रमा प्रवेश गरेकी झरना थापा अहिले ए मेरो हजुर २ को प्रदर्शनको तयारीमा जुटेकी छन् |

अहिलेसम्म झरनाले आधा दर्जन चलचित्र निर्माण गरिसकेकी छन् | आफ्नो ब्यानरसँगै अर्काको ब्यानरमा पनि चलचित्र खेल्ने झरना पछिल्लो समय अरुको चलचित्रमा देख्न छाडेकी छन् |

उनी आफैले बनाएको ए मेरो हजुर २ चलचित्र निर्देशन गरेकी छन् | चलचित्रमा सलिनमान बानियाँ र साम्राज्यलक्ष्मी शाह मुख्य कलाकार छन् |

यसैगरी, शुभेच्छा थापा, सुस्मिता कार्की, त्रिचा घिमिरे, नम्रता श्रेष्ठलगायतका नायिका पनि चलचित्र निर्माणमा लागेका छन् | जसमध्ये शुभेच्छा र नम्रता लगातार चलचित्र बनाउने नायिकामा पर्छन |