अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610

एपिएफलाई हराउदै मदन भण्डारी फाइनलमा

३१ वैशाख

एपिएफलाई हराउदै आयोजक मदन भण्डारी स्पोट्रस एकेडेमी उर्र्लाबारीमा जारी पाचौ मदन भण्ण्डारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

आयोजकले विभागीय टिम सशस्त्रलाई ८ को विरुद्ध ७ गोल अन्तरले हराउदै आन्तिम दुईमा आफुलाई सुरक्षित गरेको छ ।
आयोजक र सशस्त्रले पहिलो हाफमा दुवैले एक/एक गर्दै खेल बारबारी भएको थियो । दास्रो हाफमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइवेकरमा धकेलिएको थियोे । ट्राइवेकरमा खेल बराबरी भएपछि सडन डेथमा पुगेको थियो । एपिएफका रुपक लामाले सडन डेथमा हानेको प्रहार बाहिर गएपछि आयोजक मदन भण्डारी स्पोट्रस एकेडेमी विजयी भएको हो ।
खेलको शुरुवात देखि नै आक्रमक बनेको सशस्त्रले पहिलो गोल गरेपनि आयोजकका स्टार खेलाडी कर्ण लिम्बूले आयोजकको तर्फबाट गोल गर्दै पहिलो हाफ बराबरीमा टुगियो । सशस्त्रका हरी कार्कीले नविन लामाले निकालिदिएको पासलाई सदुपयोग गर्दै पहिलो हाफको २९औ मिनेटमा आफ्नो टिमको तर्पmबाट गोल गर्दैै अग्रता दिलाएका थिए ।
स्टार खेलाडी सहित मैदानमा उत्रिएको आयोजकका तर्फबाट पहिलो हाफको ३५औ मिनेटमा दिपक राईको पासमा कर्ण लिम्बूले गोल गर्दै खेल बराबरीमा पु¥याउन सफल भएका थिए ।
दोस्रो हाफको शुरुवाती २० मिनेट कडा प्रतिस्पर्धा भएपनि अधिकांश समय एपिएफले आयोजकमाथि दबाब राखेपनि कुनै गोल गर्न सकेन । एपिएफका राजेन्द्र रावलले गोल गर्ने थुप्रै अवसर प्राप्त गरेपनि आयोजकका गोल रक्षक बाधक बने ।
ट्राइवेकरमा आयोजकका तर्पmबाट दिपक राई,रजिन धिमाल,विक्रम लिम्बू,योगेश गुरुङ र विजय धिमालले गोल गरे । यस्तैै,एपिएफको तर्पmबाट आदित्य चौधरी,नविन लामा,मिलन राई,श्याम नेपाली र हरी कार्कीले गोल गरे ।
सडेन डेथमा आयोजकको तर्पmबाट विक्रम लिम्बू र देवेन्द्र तामाङले गोल गरे । एपिएफका तर्पmबाट राजेन्द्र रावलले गोल गरे । एपिएफका रुपक लामाको प्रहारले पोष्ट देख्न सकेन ।
प्रतियोगिताको म्यान अफ द म्याच आयोजकका रजिन धिमाल भए । यो जितसगै आयोजक मदन भण्डारी स्पोट्रस एकेडेमी मदन भण्डारी गोल्डकपको फाइनलमा प्रवेश गरेको तेस्रो पटक हो । आयोजकले दास्रो संस्करणको उपाधि कब्जा गरेको थियो । चौथो संस्करणमा आयोजक उपविजेतामा सिमित भएकोे आयोजक पाचौ संस्करणमा विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रिएको आयोजकका टिम म्यानेजर रुपेश तामाङले बताए ।
शनिबारको दोश्रो सेमिफाइनल खेल विआरसी भुटान र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।