अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
National League volleyball

राष्ट्रिय लिग भलिबलः ४ टोली सेमिफाइनलमा

बैशाख ०४, २०७२

धाइजन (झापा)ः जिल्लाको दुहागढी–६ धाइजनमोडमा शुक्रबारबाट सुरु भएको तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिताबाट ४ वटा टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल प्रहरी, त्रिभूवन आर्मी क्लब, सशस्त्र प्रहरी र पश्चिमाञ्चल भलिवल संघ सेमिफाइनलमा प्रवेश गरेका हुन् । अहिलेसम्म आर्मीले लिग चरणमा ६ अंक प्राप्त गरेको छ ।

त्यसैगरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ६–६ अंक प्राप्त गरेका छन् भने पश्चिमाञ्चल ५ अंक तालिकामा रहेको मुख्य प्रशिक्षक सुधेशकुमार रिमालले बताए ।

दोश्रो दिनको पहिलो खेलमा नेपाल प्रहरी र जाउलाखेल क्लबबीच भएको खेलमा २६–२४, २५–२१ र २५–१६ अंक ल्याएर नेपाल प्रहरी विजयी भएको छ । खेलमा म्यान अफ दि म्याच नेपाल प्रहरीका इम राना घोषित भए ।

पूर्वाञ्चल र पश्चिमाञ्चल भलिवल संघबीचको दोश्रो खेलमा पश्चिमाञ्चलले विजयी बन्यो । २५–१८, २५–९, १२–२५, २३–२५ र १५–१० अंक ल्याएर पश्चिमाञ्चल विजयी बनेको हो । खेलमा पश्चिमाञ्चलका रोहित म्यान अफ दि म्याच घोषित भए ।

त्यसैगरी, ढोरपाटन र सशस्त्रबीच भएको तेश्रो खेलमा २५–१३, २५–१२ र २५–१९ अंक ल्याएर सशस्त्र प्रहरी बिजयी भएको छ । उक्त खेलमा सशस्त्रका पुष्ष्पजंग मल्ल म्यान अफ दि म्याच घोषित भए ।

त्यसैगरी आर्मी र मध्यमाञ्चलबीचको चौथो खेलमा २५–१२, २५–१४ र २५–२१ अंक ल्याएर आर्मी विजयी भएको छ । म्यान अफ दि म्याच भक्तबहादुर श्रेष्ठ घोषित भए ।

त्यस्तै एपीएफ र जाउलाखेलबीच भएको पाचौं खेलमा २५–११, २५–१५ र २५–२३ अंक ल्याएर एपीएफ विजयी भएको छ । उक्त खेलमा निरन मल्ल म्यान अफ दि म्याच घोषित भए ।

छैठौं खेलमा आर्मीले हत्याएको छ । पूर्वाञ्चल र त्रिभूवन आर्मी क्बलबीचको २५–१२, १५–१२ र २५–२० अंक ल्याएर आर्मी विजयी भएको हो । खेलमा धनबहादुर भट्ट म्यान अफ दि म्याच घोषित भए ।