अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Women-Empowerment

समझदारी होस् त यस्तो पो होस्

माघ,५,बुधबार

नेपाली समाजमा अझै पनि धार्मिक र जातीय भेदभाव अन्त्य अझै पनि भैसकेको छैन |

२१ औ शताव्दीसम्म पुगिसक्दा पनि समाज अनन्तरजातीय र अन्तरधार्मिक विवाह स्वीकार गर्न तयार छैन | आमाजिक मान्यता चलन संस्कार आड़ा कारण अन्तरजातीय तथा अन्तरधार्मिक विवाह सम्माज्मा अझै पनि सामान्य बन्न सकेको छैन | यही वैवाहिक कारणले पनि समाजमा कहिलेकाहीँ सद्भाव खल्बलिने गरेको छ | कहिलेकाहिँ यस्तै विवाहले समाजलाई जोड्ने काम पनि गर्छ | सामाजिक सदभाव कायम गराउन सरकारी तथा गैरसरकारी तवरबाट विभिन्न प्रयास पनि भैरहेका छन् |

यही सन्दर्भमा यूएनडिपीको सहयोगमा बास नेपालगन्जले बाँकेको राप्तीपारिका ६ वटा गाविस क्रमशः बैजापुर, बिनौना, फत्तेपुर, गंगापुर, मटेहिया र कटकुईयाँमा सामाजिक सदभावका लागि लोकतान्त्रिक सहभागिता परियोजना संचालन गरेको छ | जसअन्तर्गत कटकुईयाँ गाविसमा आयोजित विभिन्न गतिविधिमा सहभागिता जनाउनेमध्ये थिइन् ‘कटकुईयाँ गाविस-८ सुईयाँकी बिजुला केसी |

बिजुला जाजरकोटमा जन्मी/ हुर्किएकी र त्यहीं विवाह गरेकी हुन् | बाँके जिल्लाको विकट क्षेत्र राप्तीपारी बघौडा भनिने मधेसी बाहुल्यताको कटकुईयाँमा जीवन खुशीसाथ बिताइरहेकी छन् | नेपाल प्रहरीसंग विबाह गरेकी उनि अहिले मुस्लिम धर्मालम्बी ताबू मास्टरसँग द्रोस्रो घरजममा छिन |

२९ वर्षपहिले २ वर्षिया छोरी मीना केसीलाई लिएर मास्टरसँग दोस्रो विहे गरेकी हुन् | पहिले एक छोरा र छोरी थिए | श्रीमानले मदिरा सेवन गरेर संधै शारीरिक तथा मानसिक यातना दिने गरेकोले मास्टरसँग बिहे गरी नयाँ जीवन शुरु गरेको बताइन् | केही समयपछि छोराले खोज्दै आएर अहिले आफूसंगै बसेको उनको भनाई छ | भनिन ‘शुरुमा स्थानीय महिलाले देख्दा मुख छोपेर हिंड्ने, हेला गर्ने र होचयाउने गर्थे |

अहिले मबाट धेरै कुरा सिकेका छन् | पहिले समुदायका महिला बाहिर आउंथेनन्, मैले पसल संचालन गरी राम्रो आयआर्जन गरेको देख्दा प्रेरणा मिलेको छ | समुदायका महिला खुलेर आउने गरेको महसुस गरेकी छु,’ उनले भनिन् ‘ मा हिन्दु परिवारमा जन्मे/ हुर्केको मान्छे मुस्लिमसँग बिहे गरेकी छु | तर, स्वतन्त्र छु, कुनै रोकतोक छैन | हिन्दु धर्मालम्बीको चाडबाड सबै सपरिवार मिलेर मनाउने गर्छौ |

शुरुमा मुस्लिममहिलाको पहिरन बुर्का लगाउन परिवारा सदस्यले दबाब दिएका थिए तर लगाउन मानिनन् | श्रीमान बुझ्ने र माया गर्ने हुनाले कसैले केही भन्ने आँट गरेन | श्रीमान-श्रीमती एक भएमा समाजले जति नानाथरी गरे पनि पछि गएर स्वीकार् गर्ने अनुभव छ’, बिजुलाले भनिन ‘श्रीमानले कपडा सिलाउने पसल चलाउनुभएको छ | मैले बिहे गरेपछि घरको आर्थिक अवस्था तथा सामाजिक रुपमा श्रीमानको मान प्रतिष्ठा बढेको छ |

आफुले मुस्लिमसँग विबाह गरे पनि छोरीलाई पहाडीसँग बिहे गरिदिने सोच बनाए तापनि छोरीको बिहे पनि मुस्लिम परिवारमै भयो | छोरीले एउटा बच्चा छ | छोरीको श्रीमान विदेश छन् | सामजिक सद्भावका लागि लोकतान्त्रिक सहभागिता कार्यक्रमले अझ समाजमा खुलेर बाँच्न प्रेरणा दिएको छ’ केसी भन्छन् |

‘सामाजिक सदभाव कार्यक्रम सुरु भएपछि अरुलाई समेत अन्तरधार्मिक विवाह र सामाजिक सदभावबारे जनचेतना फैलाउदै हिडिरहेकी छु’| बिजुलाको यो कार्यले समाजमा प्रेरणा र चेताना प्रदान गररिहेको छ |

नमस्कार शाह
आस्था साप्तिक पत्रिकाबाट साभार गरिएको