अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
NTC ad

नेपाली अधिकांस ब्लग प्रचारमा एक खोली हेर्दा अर्कै

२७ बैशाख २०७२

काठमाडौँ,
बिषयबस्तु अनलाईन प्रस्तुत गर्ने बहानामा च्याउ सरि खुलेका अधिकांस ब्लगहरुले अनलाइनको वास्तविकतालाइ धमिल्याएको छ | सामाजिक संजालमा शेयर गर्दा छुटै, आकर्षण दिने खालको शिर्षक तथा तस्विरहरु राखेर पोस्ट गर्ने तर त्यो लिंक क्लिक गरेर पेज खोलि हेर्दा अर्कै कन्टेन्ट पाइएको छ | हेर्नुहोस उदाहरण :
सामाजिक संजाल फेसबुकमा गरिएको प्रचार:
NTC ad

पेज खोलि हेर्दा यस्तो पाइयो :
blog screenshot

 

पेजको तल राष्ट्रिय समाचार समिति (रासस)लाई श्रोत खुलाउदै यस्तो समाचार राखिएको छ :
theft news in a blog screenshot

किन गरिन्छ यस्तो  ?
ब्लग गुगल द्वारा बिकसित फ्री कन्टेन्ट पब्लिश गर्ने एक कन्टेन्ट म्यानेजमेन्ट सिस्टम (सीएमयस) हो |जिमेलको एकाउन्टले सजिलै जसले पनि आफ्नो ब्लग सिर्जना गर्न सक्छ | ब्लगमा कन्टेन्ट (आफ्ना कुरा, समाचार, आदि) पब्लिश गरेपछि विज्ञापनको लागि बिभिन्न अनलाईन पब्लिसर हरुमा आवेदन भर्न पाइन्छ र बिज्ञापन स्वीकृत हुने चान्स बढी हुन्छ | यसरि बिज्ञापन स्वीकृत भै सके पछि सो बिज्ञापनलाइ जति भिजिट गराउन सक्यो, जति क्लिक गराउन सक्यो उतनै पैसा आउछ | त्यसैले, पेज भिजिट र बिज्ञापन क्लिक गराउने स्वार्थले बाहिर एक देखाउने तर भित्र अर्कै राख्ने ट्रेन्ड व्यापक छ नेपालमा |