अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
nepali t 20 cricket team

एसीसी यु-१९ प्रिमियर लिगमा कुवेतमाथि नेपालको सानदार जित

भदौ,१५, काठमाडौँ

दिपेन्द्र सिंह ऐरी र शौरभ खनालको १३० रनको साझेदारीसँगै नेपालले एसीसी यू-१९ पि्रमियर लिग क्रिकेटमा कुवेतमाथि ८३ रनको फराकिलो जित हात पारेको छ । प्रतियोगितामा नेपालको यो तेस्रो जित हो र जितसँगै नेपाल ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालको सुरुवात खराब थियो । टप अडरका ब्याट्सम्यानहरु नचलेपछि नेपालले ६६ रन जोड्दा ६ विकेट गुमाएको थियो ।

ओपनर सुनिल धमला ११, अशिष धामी ४, शंकर राना ८, आरिफ शेख शुन्य, राजु रिजाल १५ र राजवीर सिंह शुन्यमै आउट भए ।

तर, सातौं नम्बरमा ऐरी र नवौं नम्बरमा आएका खनालले सातौं विकेटका लागि १३० रनको साझेदारी गरे । ऐरीले ९१ बलमा नौ चौका र २ छक्कासहित ८५ रन बनाए । खनाल ७५ रनमा आउट भए ।प्रेम तामाङ २३ रनमा अविजित रहे ।

नेपाल विरुद्ध २५१ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित ५० ओभर खेले पनि ९ विकेट गुमाएर १६७ रन मात्र बनाएपछि नेपालले ८३ रनको जित हात पारेको हो।

नेपालका प्रेम तामाङ र सुशील कँडेलले २-२ विकेट लिए भने आरिफ शेख र दिपेन्द्र सिहं ऐरीले १-१ विकेट लिए। कुवेतका मोहम्मद मिजान अलिले अविजित ८४ रन बनाए।