अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610

नयाँ वर्षमा नकआउट फुटबल, सुरुङ्गासँग आयोजक स्तब्ध

बैशाख ४, २०७३

झापाः नयाँ वर्ष २०७३ को उपलक्ष्यमा झापा लिग विजेता न्युस्टार क्लब गरामनीले शुक्रबारदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता शुरु गरेको छ ।

शुक्रबार भएको उद्घाटन खेलमा सुरु¨ा फुटबल क्लबले आयोजक न्यु स्टार फुटबल क्लबलाई ३–० गोल अन्तरले हराउँदै स्तब्ध बनाएको छ ।

न्युस्टार क्लबका अध्यक्ष गोपाल घिमिरेको सभापतित्वमा भएको उद्घाटन खेलमा एकराज कार्कीकोे प्रमुख आतिथ्य रहेको थियो । खेलको सञ्चालन सञ्चारकर्मी मदन भण्डारीले गरे ।

खेलको म्यन अफ दि म्याच सुरु¨ा फुटबल क्लबका सरोज कार्की घोषित भए । शनिबारको खेल एपिएफ, दमक र विर्तामोड फुटबल क्लब बीच हुने आयोजक समितिका भुमी बस्नेतले जानकारी दिए ।

बैशाख १० गतेसम्म चल्ने प्रतियोगितामा ८ टीमको सहभागिता छ ।