अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Prem BK owner of a News portal

साइबर क्राइममा इताजाखबर डटकमका सञ्चालक पक्राउ

१२ बैसाख २०७२

नेपालगञ्ज :
अनलाईन न्युज पोर्टल इताजाखबर डटकमका सञ्चालक प्रेम विकलाई प्रहरीले पक्राउ गरेको छ। बाँके प्रहरीको सहयोगमा अपराध अनुसन्धान महाशाखा काठमाडौंको टोलीले शनिबार दिउँसो नेपालगन्ज-२ बाट उनलाई पक्राउ गरेको हो।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार उनलाई साइबर क्राइम सम्बन्धी विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको हो।

प्रेमको कोठामा छापा मारी उनको साथबाट २ वटा ल्यापटप पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि अनुसन्धान सुरु गरिएको एसएसपी खनालले जानकारी दिए। -पहिलो पोष्टबाट