अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
ICC World Twenty20 India 2016:  Pakistan v Australia

अष्ट्रेलियासँग पाकिस्तान पराजित, पहिलो चरणबाटै अाउट

१२ चैत्र २०७२

काठमाडाैं-
शुक्रबारको खेलमा अष्ट्रेलियासँग पराजित हुँदै टी-२० क्रिकेट विश्वकपको पहिलो चरणबाटै पाकिस्तान बाहिरिएको छ। पाकिस्तान अष्ट्रेलियासँग २१ रनले पराजित भएको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो।

१ सय ९४ रनको लक्ष्य पछाएको पाकिस्तानले २० आभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ७२ रन मात्र जोड्न सक्यो। अष्ट्रेलियाका कप्तान स्टेभेन स्मिथले नटआउट ६१ र शेन वाटसनले नटआउट ४१ रन बनाएका थिए।

पाकिस्तानका खालिद लतिफले ४६, सोयब मल्लिकले नट आउट ४० रन बनाए। उमर अकमलले ३२ र सर्जिल खानले ३० रन जोडे। टेक्स्ट : नागरिक न्युज, फोटो: Getty Images