अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
a player bating during t20 cricket 2016

श्रीलंका द्वारा पाकिस्तान पराजित

४ चैत्र २०७२

ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३ विकेटले हराएको छ।

कोलकातामा टस जितेर पहिले व्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा दिएको १५४ रनको लक्ष्य श्रीलंकाले ७ बल बाँकी छँदै पूरा गर्‍यो।

श्रीलंकाले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर १५५ रन बनायो। उसका लागि तिलकरत्ने दिलशानले सर्वाधिक ८३ रन बनाए। ५६ बल खेलेका उनले ३ छक्का र ८ चौका प्रहार गरेका थिए।

यस्तै दिनेश चन्दिमालले २० र अंगेलो म्याथ्यूले २१ रन बनाए। अफगानिस्तानका लागि मोहम्मद नाबी र रासिद खानले १-१ विकेट लिए।

यसअघि मोहम्मद असगरले सर्वाधिक ६२ रनको सहयोगमा अफगानिस्तानले ७ विकेट गुमाएर १५३ रन बनाएको थियो।

यस्तै सामी उल्लाहले ३१, नुर अलिले २० तथा मोहम्मद सहजादले ८ रनको योगदान दिएका थिए।

यसैगरी नजिबुल्ला जदरानले नटआउट १२ र दावलत जदरानले ५ रन जोडे। अफगानिस्तानका करिम सून्य रनमै पेभिलियन फर्किदा सफिकुल्ला शफीकले ५ तथा मोहम्मद नाबीले ३ रन जोडे।

श्रीलंकाका लागि तिसारा परेराले ३ र रंगना हेराथले २ विकेट लिए। यस्तै केएमडीएन कुलासेकरा र एन्जेलो मैथ्यूजले समान एक–एक विकेट लिएका थिए।