अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
JImabye-vs-New-Zealand

जिम्बावेको उत्कृष्ट प्रदर्शन

साउन,१८ एजेन्सी

हरारे, श्रावण १८ – जिम्बावेले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप उपविजेता न्युजिल्यान्डलाई स्तब्ध पारेको छ ।

जिम्बावेले आइतबार हरारेमा न्युजिल्यान्डमाथि ७ विकेटको जित हात पार्योष । न्युजिल्यान्डसँग जिम्बावेको दुई वर्षपछि यो पहिलो खेल थियो ।

टस हारेर ब्याटिङ गर्न आएको न्युजिल्यान्डले रोस टेलरको नटआउट १ सय १२ रनमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाई ३ सय ३ रन बनायो ।

क्रेग इर्भिनले नटआउट १ सय ३० रन बनाएपछि जिम्बावेले १ ओभर अगाडि नै लक्ष्य पूरा गर्यो् । जिम्बावेले ३ सय रनभन्दा माथि बनाएर २ खेल जितेको छ । संयोगले दुवै न्युजिल्यान्डविरुद्ध जिम्बावेमा नै छ । यो जितसँगै जिम्बावले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।

जिम्बावेलाई अन्तिम ३ ओभरमा १८ रन चाहिन्थ्यो । तर इर्भिनले म्याट हेनरीलाई २ चौका र १ छक्का प्रहार गरेपछि जिम्बावेले अन्तिम २ ओभरमा १२ रन बनाउनुपर्ने थियो ।

इर्भिनले ४९ औं ओभरको अन्तिम २ बलमा जेम्स निसामलाई क्रमश: चौका र छक्का प्रहार गरी स्कोर बराबरीमा ल्याएका थिए । अन्तिम ओभरको पहिलो बलमै म्याकलमले वाइड फाल्न पुगे ।

म्यान अफ द म्याच इर्भिनको एकदिवसीयमा यो पहिलो शतक हो । १ सय ८ बल खेलेका उनले ११ चौका र ५ छक्का प्रहार गरे ।
ह्यामिल्टन मासाकाड्जा र चामु चिभाभाको सानदार सुरुआतमा इर्भिनले म्याच विजयी इनिङ्स खेलेका थिए । मासाकाड्जा र चिभाभाले पहिलो विकेटमा १५ ओभरभित्र ७४ रन जोडेका थिए । चिभाभा ४८ बलमा ४२ रन बनाई नथान म्याकलमको बलमा बोल्ड भए ।

मासाकाड्जाले त्यसपछि दोस्रो विकेटका लागि इर्भिनसँग १ सय २० रन जोडेर जिम्बावेलाई विजयको बाटो देखाए । ९९ बल खेलेका मासाकाड्जाले १० चौका प्रहार गरी ८४ रन बनाए । कप्तान इल्टन चिगुम्बुरा ३१ बलमा १ चौका र १ छक्का प्रहार गरी २६ रनमा आउट भए । इर्भिनले सिन विलियम्सन (नटआउट ७) सँग मिलेर जिम्बावेलाई जिताए ।

यसअघि टेलरले एकदिवसीयमा आफ्नो १५ औं शतक बनाएका थिए । ओपनरद्वय मार्टिन गुप्टिल (११) र टम लाथम (१४) रनमा आउट भए पनि टेलरले कप्तान केन विलियम्सनसँग तेस्रो विकेटका लागि १ सय ३७ रन जोडी जिम्बावेलाई राम्रो स्थितिमा ल्याए ।

विलियम्सन ९७ रनमा आउट भए । उनले १ सय २ बल खेली ११ चौका र २ छक्का प्रहार गरे । टेलरले १ सय २२ बलको इनिङ्समा ६ चौका र ३ छक्का प्रहार गरे । ग्रान्ट इलियटले अन्तिम तिर आक्रामक खेलेपछि न्युजिल्यान्डले ३ सय रन नघाएको थियो । ३२ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । निसाम १४ रनमा नटआउट रहे । जिम्बावेका तिनासे पानयानगाराले २ विकेट लिए । एजेन्सी