अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Jhapa Volleyball photo

राष्ट्रिय लिग भलिवलः उपाधि पुलिसलाई

६ बैशाख, झापा ।

५ बैशाख, झापा । जिल्लामा भएको तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आइतबार भएको फाइनल खेलमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

पुलिसले आर्मीविरुद्ध पहिलो सेट २५–१७ को अन्तरले आफ्नो पक्षमा पादै सुखद् शुरुआत् गर्यो । आर्मीले सेटमा फर्कने प्रयास गरेपनि पुलिसको उत्कृष्ट स्पाईक र ब्लकपछि दोस्रो सेट पनि २५–१८ को अन्तरले पुलिसले जित्यो । लगातार दुई सेट जित्दै पुलिसले आमीलाई दवावमा राख्यो ।

पुलिसले आर्मीविरुद्धको तेस्रो सेट पनि २५–१४ ले जितेसँगै उपाधि जित्यो । जितसँगै पुलिसले ३ लाख १५ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र हात पा¥यो भने उपविजेता आर्मीले नगद १ लाख ७५ हजार र ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।