अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
prdip udaya

प्रदिप उदय अब राप्रपाका नेता

माघ, १०, सोमबार

नेपाली चलचित्रमा प्रदिप उदय स्थापित र चर्चित नाम हो | सिनेमा हाल मालिक, वितरक, निर्माता, एफएम संचालकको जस्ता थुप्रै क्षेत्रमा परिचय बनाएका प्रदिप उदय संधै एक ठाउँमा रहन नसक्ने भनेर चलचित्र क्षेत्रमा चिनिन्छन |

तर, आफु जहाँ जुन संगठनमा छन्, त्यहाँ उनी पुरै हाबी हुने गरेका छन्, त्यहाँ उनी पुरै हाबी हुने गरेका छन् | खासमा प्रदिप उदय आफुलाई चलचित्रकर्मी भनेर चिनाउन चाहन्छन | उनै प्रदीपलाई राप्रपाले युवक संगठन समन्वय समितिको संयोजक बनाएको छ |

रुपन्देही बुटवल स्थायी घर भएका प्रदिप सुरुमा राजावादी थिए | स्टार एफएम संचालन गरेपछि उनले आफुलाई संचारकर्मी भनेर पनि चिनाए | दोस्रो जनआन्दोलन अघिसम्म उनी कट्टर राजतन्त्र पक्षधर थिए | मुलुकमा राजतन्त्र विस्थापित हुँदै गणतन्त्र स्थापना भएपछि प्रदिप एकाएक क्रान्तिकारी भए |

संविधानसभाको पहिलो निर्वाचनताका सयौं चलचित्रकर्मी माओवादी प्रवेश गरे | माओवादी प्रवेश गर्ने भिडमा प्रदिप पनि देखिए | तर, उनी त्यहाँ धेरै समय टिकेनन | केही समयपछि उनी चलचित्र संघमा पदाधिकारी बने |

तर, केही समययता भने उनी राप्रपाको पार्टी गतिविधिमा देखापर्न थालेका थिए | राप्रपाले हिन्दु राष्ट्रका साथै संवैधानिक राजतन्त्रको एजेन्डा उठाउने घोषणा गरेपछि प्रदीपको सक्रियता एकाएक बढ्न थालेको छ |