अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
syria

सिरियामा ६५ जना लडाकुको मृत्यु


अङ्काराः सिरियाको उत्तरी क्षेत्र अल्बाबमा गत चौबिस घन्टामा सुरक्षा कारबाहीमा परी कम्तीमा ६५ जना इस्लामिक स्टेट (आइएस) लडाकु मारिएका छन् ।

टर्कीको सरकारी सेनाले सोमबार जनाएअनुसार, उनीहरुले आइएस लडाकुका हातहतियार तथा सवारीसाधन पनि नियन्त्रणमा लिएका छन् ।
विमानले आइएस लडाकुलाई लक्षित गर्दै टाडिफ, अबु जब्बर र उवायशियाह क्षेत्रमा आक्रमण गरेको थियो ।

टर्कीको संयुक्त सुरक्षा फौजले आइएस र सिरियन कुर्दिस पिपल्स प्रोटेक्सन युनिट, मिलिटरी विङ्स अफ सिरियन कुर्दिस डेमोक्र्याटिक्स युनियन पार्टीलाई गत अगस्तदेखि लक्षित गर्दैआएको छ । रासस/सिन्ह्वा