अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
sundar sapana 2

सुन्दर पन्तको ‘सुन्दर सपना’ विमोचित

माघ, ६, बिहिबार

गीतकार तथा शिक्षक सुन्दर पन्तद्वारा रचित “सुन्दर सपना” नामक गिती एल्बम बरिष्ठ गीतकार कृष्णहरी बरालबाट एक समारोह विच बिमोचन गर्नुभएको छ । उक्त गिती एल्बममा चारओटा आधुनिक गीत , तीनओटा लोक पपगित र एउटा राष्ट्रिय गीत समाबेश गरिएको छ ।

सुन्दर सपना एल्बममा अन्जु पन्त, सन्तोष लामा, ताराबिर पाण्डे , टंक बुढाथोकी , सन्तोष रजौरे, पुष्पा गुरुङ, बिजय थापाको स्वर तथा कल्याण सिंह, सन्तोष लामा, सन्तोष रजौरे, टंक बुढाथोकी, तारबिर पाण्डेको संगीत रहेको छ । गीतमा दिनेश श्रेष्ठको संगीत सम्योजन रहेको छ ।

उक्त गिती एल्बममा समाबेश भएका गीत संगीतको बारेमा बरिष्ठ संगीतकार बुलु मुकारुङ्गले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

sundar sapana
एल्बममा सङ्रहित सन्तोष लामाको आवाजमा रहेको गीत नागबेली चाल् तथा तारबिर पाण्डेको आवाजमा रहेको गीत मायाँ गर्नु पराईलाईको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । यस् एल्बमलाई आर्टिस्ट नेपाल ले बजारमा ल्याएको हो ।