अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
satuwa-750

चीनमा स्वाइनफ्लुको औषधि बन्यो

माघ,१२, बुधबार

वनस्पति विभागले नेपालको आर्थिक विकासको प्राथमिकतामा राखेको बहुमूल्य जडीबुटी सतुवा चीनले स्वाइनफ्लुको औषधिका रुपमा सफल प्रयोग गरेको छ । उच्च पहाडी क्षेत्रमा पाइने सतुवालाई चीनले स्वाइनफ्लुको औषधिमा प्रयोग गरेको वनस्पतिविद् लक्ष्मण झाले बताए ।

शरीरको तौल र उचाइ बढाउनका लागि चिनियाँ विज्ञहरुले प्रयोग गर्दै आएको सतुवालाई केही वर्षदेखि स्वाइनफ्लुको औषधिमा सफल प्रयोग गर्न थालेको झाले बताए ।

परापूर्वदेखि आदिवासीहरुले सतुवालार्य कीरा मार्न र जुका मार्न बच्चलाई खुवाउने गरेको पाइन्छ । एक हजार ५ सयदेखि तीन हजार ५ सय उचाइमा पाइने बहुमुल्य जडीबुटी सतुवा चीन निर्यातसँगै माग बढेको र मूल्य पनि ह्वात्तै बढेको छ ।

केही वर्षअघिसम्म तीन सय रुपैयाँ किलोग्राममा बिक्री भए पनि हिजोआज प्रतिकिलो ११ हजारमा खरिदबिक्री हुने गरेको निर्यातकर्ता नुर्बु शेर्पाले बताए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ |