अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Brazil

जेलमा झडप हुँदा दश जनाको ज्यान गयो

माघ,२, आइतबार

ब्राजिलमा फेरि जेलका कैदीबीच झडप भएको छ। झडप हुँदा कम्तिमा १० जना मारिएका छन्।

ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज जेलमा कैदी बन्दीबीच झडप भएको हो। जेलमा रहेका कैदीका दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ।

यो वर्ष मात्र ब्राजिलमा तेस्रो पटक झडप भएको हो। जनवरीको सुरुमा एमाजोनास र रोराईमा राज्यको जेलमा भएको झडपमा एक सय जना मारिएका थिए।

एलकाकुज जेलबाट विस्फोट र गोली हानाहानको आवाज सुनिएको स्थानीयलाई उधृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन्।

जेलनै नियन्त्रण गरी कैदीहरुले प्रहरीलाई प्रवेशमासमेत रोकावट गरेका छन् । (एजेन्सीको सहयोगमा )