अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
sharukh-salman

मिल्दै दुई खान,अब एउटै फिल्ममा

माघ,४, मंगलबार

बलिउडका शीर्ष तीन खानमध्येका दुई शाहरुख खान र सलमान खान केही दिन अघि एक अवार्ड कार्यक्रममा सँगै देखिएपछि यी दुबैलाई एउटै फिल्ममा देखिन सकिने अनुमान गरिएको थियो ।

शाहरुख खानलाई सलमान खानको फिल्म ‘ट्युबलाइट’ मा देख्न सकिने समाचार सार्वजनिक भइरहेका बेला शाहरुखलाई यसबारे सोध्दा उनले केही प्रतिक्रिया जनाएनन् ।

यसैगरी अहिले ‘ट्युबलाइट’ का निर्देशक कबिर खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत सलमानको फिल्ममा शाहरुखको विशेष भूमिका हुने बताइएको छ ।

कबिरले करन–अर्जुनको डाइलग ‘आएंगे, मेरे करन अर्जुन आएंगे । जमिनकी छाती फाडके आएंगे, आसमानका सिना चीर के आएंगे’ सहितको कलसिट पोष्ट गरेका छन् ।
सलमान खानको ‘ट्युबलाइट’ यो वर्षको इदमा रिलिज हुँदैछ ।

‘करन–अर्जुन’ अर्थात् सलमान खान र शाहरुख खानलाई २० वर्षपछि एउटै सिल्भर स्क्रिनमा हेर्न यी दुबैका प्रशंसकहरु प्रतिक्षा गरिरहेका छन् ।