अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Second Kakarvitta AFC league2

दोश्रो काँकरभिट्टा सिटी लिग कम नकआउट फुटबल, ह्वाइट डेमोन एफसी विजयी

२८ बैशाख २०७२

झापा । दोश्रो काँकरभिट्टा सिटी लिग कम नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ह्वाइट डेमोन एफसी विजयी भएको छ । काँकरभिट्टा फुटबल टेनिङ्ग सेन्टरको आयोजनामा सोमबार शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ह्वाइट डेमोनले ह्याप्पी क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

ह्वाइट डेमोनका जर्सी नम्बर ११ का विष्णु तामाङ्ग र जर्सी नम्बर १७ का विष्णु सुनुवारले १–१ गोल गरेका थिए । विजयी ह्वाइट डेमोनका विष्णु तामाङ्ग म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा प्रतियोगितामा ह्याप्पी क्लब, व्हाइट डिमोन एफसी, नव दुर्गा क्लब, मेची युवा प्रतिष्ठान, हेल राइडर एफसी, वी क्यान एफसी र रमाइलो फुटबल क्लबको सहभागिता रहने छ ।

प्रचारप्रसार संयोजक रोशन काफ्लेका अनुसार मंगलबार नवदुर्गा क्लब र मेची युवा प्रतिष्ठानबीच खेल हुनेछ । उपाधि विजेताले नगर ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ र सान्त्वना टोलीले १५ हजार रुपैयाँ तथा मेडल र ट्रफी प्राप्त गर्ने छन् । दोस्रो पुरस्कार काँकरभिट्टा भेट्रान फुटबल क्लबले, तेस्रो अठोट नेपालले र उत्कृष्ट खेलाडीलाई रु ३ हजार लेखराज बस्नेतले पुरस्कार प्रदान गर्ने भएका छन् । त्यसैगरी, सन्तोष नेम्वाङ्गले २६ कार्टुन पानी प्रदान गरेका छन् ।

यसअघि, काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङ्ग, मेची व्याडमिण्टन क्लबका अध्यक्ष ललित तामाङ्ग, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष सूर्यप्रकाश उप्रेती, नाइट चेस क्लबका अध्यक्ष शेरबहादुर बस्नेत सुन्दर, अठोट नेपालका उपाध्यक्ष रविन गुरुङ्ग, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, काँकरभिट्टा फुटबल क्लबका अध्यक्ष विशाल तामाङ्ग, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशल भारती, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक खेमराज ठकुल्ला तथा सीमाना एफएमका प्रबन्ध निर्देशक राजकुमार दाहालको आतिथ्य रहेको थियो ।

फुटबल सेन्टरका उपाध्यक्ष लाक्पा लामाको स्वागत रहेको कार्यक्रममा समाजसेवीहरु श्याम थापा, सजित तामाङ्ग, बिमल प्रधान, योगराज गुरुङ्ग, चन्द्र प्रसाई, दीपक कार्की, राजु कार्की, उमेश भण्डारी, कृष्ण बस्नेतलगायतको आतिथ्य रहेको थियो ।
Second Kakarvitta AFC league1

Second Kakarvitta AFC league