अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Bimal Ghari magar

किन जाँदै छन बिमल, स्पेन ?

माघ,३, सोमबार

स्पेनिश क्लव ला लिगाका खेलाडी उत्पादन गर्ने क्लवका रुपमा परिचित स्पेनको मार्बेला युनाइटेड एफसीमा ट्रायलका लागि विमल घर्ती स्पेन जाँदैछन् ।

बिमललाई एजेन्ट लुइस डी ब्रायजले ट्रायलको व्यवस्था मिलाएका हुन् । क्लबले बिमलसँग अन्य दुई खेलाडी अन्जन बिष्ट र अनन्त तामाङलाई पनि बोलाएको थियो । अन्जन पुस २५ गते नै स्पेन गए पनि घाइते भएका कारण अनन्त भने नजाने बताएका छन् । उनी गत महिना मात्र घुँडाको शल्यक्रिया गराएका आराम गरिएका छन् ।

युरोपियन क्लबमा फुटबल खेल्ने लक्ष्यका साथ राष्ट्रिय फुटवल टोलीका स्ट्राइकर बिमल सोमबार स्पेन जान लागेका हुन् । क्लबले अभ्यास र ट्रायलका लागि बोलाएपछि बिमल त्यसतर्फ जान लागेका हुन् । गतवर्ष नेपालले साग गेम्समा स्वर्ण र बंगलादेशमा बगबन्धु गोल्डकप जित्दा महत्वपूर्ण सदस्य रहेका विमललाई क्लबले अभ्यासका लागि बोलाएको थियो ।

अन्जन र अनन्तले गत बर्ष पनि मार्बेलामा केही साता अभ्यास र मैत्रीपूर्ण खेल खेलेका थिए । गत बर्ष फागुनमा मार्बेलाले नेदरल्यान्ड्स पुगेर मैत्रीपूर्ण खेल खेलेका थिए । क्लवस्तरीय मैत्रीपूर्ण खेलमा अन्जनले गोलसमेत गरेर हाइहाइ भएका थिए ।

स्पेनको मालागामा रहेको मार्बेला युनाइटेड युएस सकर एकेडेमीको शाखाको रुपमा रहेको क्लब हो । सुरुमा युएस सकरकै नाममा स्थापना गरिए पनि यस क्लबले सन् २०१४ मा मार्बेला युनाइटेड एफसी नाम राखेको थियो ।

खबर डबलीको सहयोगमा